Sunday , 24 September 2017
Home / देश / दल दर्ताका लागि राजपाद्वारा निर्बाचन आयोगमा आवेदन

दल दर्ताका लागि राजपाद्वारा निर्बाचन आयोगमा आवेदन

२३ असार,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । शुक्रबार कान्तिपथस्थित आयोगमा पुगेर राजपाका शीर्ष नेताहरुले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेता निर्वाचन आयोग पुगेका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजपा दल दर्ताका लागि आयोग आएकोमा स्वागत र बधाई दिनु भएको थियो ।

पार्टी एकता गरेका ६ दलका अध्यक्षले राजपा नेपाललाई आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने लगायतका सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् ।

राजपाले केही दिन अघि नै दल दर्ताको तयारी गरेको थियो । तर, पार्टी विधानको प्रस्तावनामा नै गजेन्द्र नारायण सिंहको नाम राख्नु पर्ने अडान राख्दै तत्कालीन सद्भावना पार्टीका अनिल झाले हस्ताक्षर नगरेपछि रोकिएको थियो ।

दल दर्ता सगै राजपाको तेस्रो चरणको स्थानीय निर्बाचनमा सहभागी हुने सम्भावना बढेको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *