Tuesday , 19 September 2017
Home / देश / पद प्रतिष्ठा र प्रशंसा भन्दा देशभक्ति आफ्नो चाहना,पूर्व राजा ज्ञानेन्द्र

पद प्रतिष्ठा र प्रशंसा भन्दा देशभक्ति आफ्नो चाहना,पूर्व राजा ज्ञानेन्द्र

२३ असार,२०७४ / खगेन्द्र खरेल
पूर्वराजा ज्ञानेन्द्र शाहले पद प्रतिष्ठा र प्रशंसा भन्दा आफ्नो निरन्तरको चाहना देशभक्ति भएको बताउनु भएको छ । ७१ औ जन्मदिनको अवसर पारेर वक्तव्य जारी गर्दै शाहले आफूलाई शुभेक्षा प्रकट गर्ने र शुभकामना दिने सबैप्रति आभार प्रकट गर्नु भएको छ ।

बक्तब्यमा उहाले आफ्नो निरन्तरको चाहना देशभक्ति भएको भन्दै,हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो,उल्लेख गर्नु भएको छ ।’

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताउदै ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ भन्नुभएको छ ।

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने मा जोड दिदै देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसका लागि सधै तयार हुनुपर्ने उहाले बताउनु भएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *