Tuesday , 17 October 2017
Home / देश / मिर्गौला चोरी’ काण्ड बारे संसदमा छलफल,न्यायिक आयोग गठनको माग

मिर्गौला चोरी’ काण्ड बारे संसदमा छलफल,न्यायिक आयोग गठनको माग

२३ असार,२०७४ / खगेन्द्र खरेल
मनमोहन अस्पतालबाटै विरामीको मिर्गौला झिकिएको बिषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताउदै अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने आशंका जनाउदै न्यायिक आयोग बनाएर संलग्न हरु बारे छानविन गर्न माग गर्नु भयो । यो विषयमा छानविन नगर्ने हो भने देशमा मानव अंग तस्करको साम्राज्य चल्ने सम्भावना हुने उहाले बताउनु भयो।

कांग्रेस सांसद रामहरि खतिवडाले सम्मानित नेताको नाममा खुलेका अस्पतालहरुलाई व्यापारिक केन्द्र बनाएर कोही व्यक्ति धनाड्य हुने माध्यम बनाउन दिन नहुने बताउनु भयो । उहाले विरामीको मिर्गौला नचोरिएको वा अप्ठ्यारो स्थिति सृजना नभएको भए अस्पतालले किन सम्झौता गर्‍यो भन्ने प्रश्न समेत गर्नु भयो ।

मनमोहन अस्पतालमा नुवाकोटका शिव रिमाल पत्थरीको अपरेशन गर्न भर्ना भएका थिए । उपचारका नाममा आफ्नो मिर्गौला चोरी भएको उनले बताएका छन् । तर, अस्पताल प्रशासनले भने उपचारका क्रममा गम्भीर समस्या आएपछि पीडितको मिर्गौला झिकिएको र त्यो अस्पतालमा सुरक्षित रहेको दाबी गरेको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *