Tuesday , 19 September 2017
Home / विदेश / अमेरिका र रसियाका राष्ट्रपति ट्रंप र पुटिन बिच बार्ता,सिरियामा संघर्ष रोक्न दुवै सहमत

अमेरिका र रसियाका राष्ट्रपति ट्रंप र पुटिन बिच बार्ता,सिरियामा संघर्ष रोक्न दुवै सहमत

२४ असार,२०७४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको पहिलो वार्तामा सिरियामा संघर्ष विराम गर्न सहमति भएको छ । दक्षिण पश्चिमी सिरियामा संघर्ष रोक्ने सहमति आइतवारबाट लागू हुनेछ । सम्झौतामा जोर्डन पनि संलग्न रहेको छ ।

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति ट्रम्प र पुटिनबीचको यो नै पहिलो प्रत्यक्ष वार्ता हो । जी–ट्वेन्टी सम्मेलनमा भाग लिन जर्मनीमा रहेका दुई नेताबीच अमेरिकी चुनावमा रुसी ह्याकिङको आरोपबारे पनि छलफल भयो ।

ट्रम्प र पुटिनबीचको वार्ता निकै फलदायी रहेको अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनको भनाइ छ । पुटिनले अमेरिकी चुनावमा प्रभाव पार्ने खालको कुनै गतिविधि रुसले नगरेको बताउनुभएको र ट्रम्प त्यसमा विश्वस्त बनेको रुसी विदेश मन्त्री सर्गेइ लाभलोभले बताउनु भयो ।

दुई घण्टाभन्दा लामो वार्तामा सिरिया युद्ध, आतंकवाद तथा साइबर सुरक्षाका विषयमा कुराकानी भएको अमेरिकी अधिकारीले जानकारी दिए । रुसमाथि अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लाग्दै आएको छ भने रुस र ट्रम्पले आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

अमेरिकी गुप्तचर निकायले भने यस विषयमा केही प्रमाण फेला परेको भन्दै अनुसन्धान गरिरहेको बताएका छन् । दुई दिने हैम्बर्ग शिखर सम्मेलनमा जुटेका नेताहरुले सिरिया युद्ध, आईएसको बढ्दो प्रभाव, जलवायु परिवर्तनको असरलगायतका विषयमा छलफल भइरहेका छ । (एजेन्सी)

 

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *