Tuesday , 19 September 2017
Home / देश / देशकै सुदुर पुर्बी मेचीनगर नगरपालिकाको मेयरमा कांग्रेस बिजयी

देशकै सुदुर पुर्बी मेचीनगर नगरपालिकाको मेयरमा कांग्रेस बिजयी

२४ असार,२०७४ / खगेन्द्र खरेल
देशकै सुदुर पुर्बी मेचीनगर नगरपालिकाको मेयरमा कांग्रेस बिजयी भएको छ । मेचीनगर नगरपालिकामा कांग्रेस उम्मेदवार विमल आचार्य मेयरमा निर्वाचित हुनु भएको छ। शुक्रबार राति सम्पन्न मतगणनाबाट २० हजार ७ सय ७६ मत ल्याउँदै उहा मेयरमा निर्वाचित हुनुभएको हो ।

आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याउनु भयो। प्रसाईंलाई पछ्याएका माओवादीका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत प्राप्त गर्नु भयो।

नगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मिना पोखरेल उप्रेती विजयी बन्नु भएको छ। उहाले १९ हजार ९ सय ९४ मत ल्याउनु भयो।

उहाकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत पाउनु भएको छ। माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत ल्याउनु भयो।

यो जित सगै झापामा कांग्रेसले दुइ नगरपालिका सहित पांच स्थानीय तहमा जित हासिल गरेको छ । दमक नगरमा भने एमालेले मेयर उप मेयर दुवै जित्दा कांग्रेसले दमकमा कुनैपनि पदमा प्रतिनिधि निर्बाचित गर्न सकेन ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *