Tuesday , 19 September 2017
Home / देश / संविधान संशोधनबारे सत्तारुढ दल र राप्रपाका शीर्ष नेताबीच छलफल

संविधान संशोधनबारे सत्तारुढ दल र राप्रपाका शीर्ष नेताबीच छलफल

२४ असार,२०७४ / खगेन्द्र खरेल
संविधान संशोधनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले संविधान संशोधन र मन्त्रिमण्डल विस्तारबारे छलफल गर्नुभएकाे हाे ।

प्रधानमन्त्री देउवाले राजपालाई सहमतिमा ल्याउन संविधान संशोधन अनिवार्य रहेकाले सहयोग गर्न राप्रपाका शीर्ष नेताहरुसंग आग्रह गर्नुभयाे । राप्रपाका नेताहरुले प्रधानमन्त्रीको आग्रहमा आफूहरु सकारात्मक रहेको जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीसहित सत्तारुढ दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपति शमशेर राणा सहभागि हुनुहु्न्थ्यो ।

शुक्रवार साँझ सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको छलफलमा प्रधानमन्त्री देउवाले अबको १० दिन भित्र माग पुरा गर्ने आश्वासन दिनुभएको थियो । यसअघि सरकारले संविधान संशोधनको लागि संसदमा प्रस्ताव प्रस्तुत गर्ने अन्तिम तयारी गरेका बेला व्यबस्थापिका संसदमा राप्रपाका १० सांसद अनुपस्थित भएपछि संशोधन प्रस्ताव अगाडी बढेको थिएन ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *