Monday , 25 September 2017
Home / देश / एक न.प्रदेशमा आ-आफ्नो शहरलाई राजधानी बनाउने नवनिर्वाचित मेयरहरुको योजना

एक न.प्रदेशमा आ-आफ्नो शहरलाई राजधानी बनाउने नवनिर्वाचित मेयरहरुको योजना

 

२५ असार,२०७४ / खगेन्द्र खरेल
विराटनगर महानरपालिकाका नवनिर्वाचित मेयर भीम पराजुलीले बिराटनगरलाइ प्रदेशको राजधानी बनाउने योजना रहेको बताउनु भएको छ । बिराटनगरको चौतर्फी विकाश गर्ने उहाको लक्ष रहेको हामीसंगको कुराकानीमा बताउनुभयो ।

नेकपा एमाले र फोरम लोकतान्त्रिकको गठबन्धनलाई फराकिलो अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित पराजुलीले बिराटनगरको विकाशलाई मुख्य चुनौतिको रुपमा लिनुभएको छ । उहाका अनुसार सडक,विमानस्थल,रंगशाला,भ्रष्टाचार मुक्त शासन,सुकुम्बाशी समस्या समाधान,अस्पतालको स्तरोउन्नति,पर्यटन प्रबर्धन लगायतका कार्य उहाको प्राथमिकतामा पर्नेछन्।

त्यस्तै केहि दिन अघि एमालेबाट निर्वाचित इटहरी उप माहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रदेशको राजधानी इटहरी बनाउने तथा धनकुटाका एमाले बाटै निर्वाचित मेयर चिन्तन तामाङले धनकुटालाइ प्रदेशको राजधानी बनाउनु पर्ने बताइसक्नु भएको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *