Sunday , 24 September 2017
Home / देश / परिमार्जन सहित संविधान संशोधन गर्नु पर्ने उपेन्द्र यादवको माग

परिमार्जन सहित संविधान संशोधन गर्नु पर्ने उपेन्द्र यादवको माग

२५ असार,२०७४ / खगेन्द्र खरेल
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले २६ बँदे प्रस्तावका आधारमा परिमार्जनसहित संविधान संशोधन हुनुपर्ने निर्णय गरेको छ।

संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसमक्ष प्रस्तुत गरेको २६ बुँदे प्रस्तावका आधारमा समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता, समान भाषिक अधिकारका साथै प्रदेशको संख्या र सीमाङ्कन लगायत मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु तथा अल्पसंख्यक एवं सीमान्तकृत समुदायसँग सम्बन्धित राष्ट्रिय समस्याहरुको समाधान र सम्बोधन हुनेगरी संविधान संशोधन गरिनुपर्ने निर्णय गरिएको हो।

‘तत्कालीन परिस्थितिमा स्थानीय तहको निर्वाचनमा सहभागिताको प्रयोजनका लागि स्थानीय तहको निर्वाचन अगावै संसदमा पेस गरिएको अधूरो र अस्पष्ट संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याहरुको समाधान नहुने भएको हुँदा उक्त विधेयकलाई समस्याहरुको समाधान हुनेगरी परिमार्जन गरी संविधान संशोधन एवं पुनर्लेखन गरिनुपर्छ,’विज्ञप्तीमा भनिएको छ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *