Tuesday , 19 September 2017
Home / देश / बिनियोजन विधेयक पारित, साउन पहिलो साता भित्रै अख्तियारी

बिनियोजन विधेयक पारित, साउन पहिलो साता भित्रै अख्तियारी

 

२६ असार,२०७४ / खगेन्द्र खरेल
व्यवस्थापिका संसदले सोमबार बजेट सम्बन्धी सबैभन्दा महत्वपूर्ण र मुख्य विधेयक (बिनियोजन विधेयक) पारित गरेको छ । सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको बजेटको मुख्य अंशका रुपमा विनियोजन विधेयक पारित भएपनि यससंग आश्रित विधेयकहरु पारित हुन बाँकी छन् ।

बजेटसंग सन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट पारित हुने छ । असार मसान्त भित्रै पूर्ण बजेट पारित हुने भएका कारण यसपटक पेस्की खर्च विधेयक भने आवश्यक पर्दैन ।

प्रधानमन्त्री शेरवहादुर देउवाका अनुसार साउन पहिलो साता भित्रै नयाँ बजेट कार्यान्वयनको अख्तियारी सम्बन्धित निकायले पाउने छन् ।

त्यसअघि प्रधानमन्त्रीले समालेका मन्त्रालयहरु समेत गरी २४ मन्त्रालयसंग सम्बन्धीत विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ एक्लैले दिनु भएको थियो । मन्त्रीवहाल रहेका अन्य ६ मन्त्रालयसंग सम्बन्धीत विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित मन्त्रीहरुले दिएका थिए ।

 

 

 

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *