Monday , 25 September 2017
Home / विदेश / भारत जम्मू-कश्मीरको अनंतनागमा तिर्थालुहरुमाथि आतंकबादी आक्रमण,सातको मृत्यु,दर्जन बढी घाइते

भारत जम्मू-कश्मीरको अनंतनागमा तिर्थालुहरुमाथि आतंकबादी आक्रमण,सातको मृत्यु,दर्जन बढी घाइते

२६ असार,२०७४ / खगेन्द्र खरेल
भारत शासित जम्मू-कश्मीरको अनंतनागमा तिर्थालुहरु चढेको बसमा आतंकबादी आक्रमण भएको छ । अमरनाथ यात्रामा रहेका तिर्थालुहरुमाथि भएको सो आक्रमणमा कम्तिमा सातको जानाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । मृतक तथा घाइतेहरुको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

सुरक्षाका दृष्टिले सधै संबेदनशिल मानिएको सो क्षेत्रमा अमरनाथ यात्रीहरु माथि आतंकि समुहहरुले आक्रमण गर्ने धम्कि दिदै आएका थिए । तिर्थालुहरु माथि यस किसिमको आक्रमण भएको यो घटना पछिल्लो १५ बर्षमा पहिलो भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त आतंकि आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुले निन्दा गर्दै मृतकहरु प्रति समबेदना जनाएका छन् । मृतक तिर्थालुहरु सबै भारतको गुजरात राज्यका रहेको बताइएको छ ।

घटना पछि भारतको जम्मू-कश्मीर सहित देशका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *