Sunday , 24 September 2017
Home / देश / गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

२७ असार,२०७४ / खगेन्द्र खरेल
गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गर्नुभएको छ ।

श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र सार्क आबद्ध राष्ट्र बीचको सम्बन्धका बारेमा भ्रमणमा छलफल हुने जानकारी दिनुभयो ।

बिहीबारसम्म हुने भ्रमणका क्रममा श्रीलंकाली गृहमन्त्रीसँग छुट्टै भेटवार्ताको कार्यक्रम रहेको मन्त्री शर्माले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने बताउनुभयो ।

बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका प्रस्थान गर्नुभयो । रासस

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *