Sunday , 24 September 2017
Home / खेलकुद / मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश एक सुन्यले पराजित, विमलले गरे विजयी गोल

मैत्रीपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश एक सुन्यले पराजित, विमलले गरे विजयी गोल

 

२७ असार,२०७४ / खगेन्द्र खरेल
नेपालको २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीले बंगलादेशको सोही उमेर समूहको टोलीलाई मैत्रीपूर्ण अभ्यास खेलमा पराजित गरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेसको घरेलु मैदानमा नेपाल १–० ले विजयी भएको हो ।

नेपालका लागि कप्तान विमल घर्तीमगरले २०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो । युएईमा यही शनिबारदेखि हुने एएफसी च्याम्पियनसिप फुटबल छनोट चरणको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण अभ्यास खेल खेलेका हुन् ।

एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । त्यस्तै, साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेवनानसँग खेल्नेछ । समूह ‘ई’मा रहेको बंगलादेशले भने जुलाई १९ देखि हुने छनोट खेलमा जोर्डन, ताजकिस्तान र प्यालेस्टाइनको सामना गर्नेछ ।

राजुकाजी शाक्यको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोली बिहीबार युएई जाँदैछ ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *