Tuesday , 19 September 2017
Home / Uncategorized / सत्ता पक्षको प्रस्ताव एमालेद्वारा अस्वीकार, प्रचण्डका तीन विकल्प

सत्ता पक्षको प्रस्ताव एमालेद्वारा अस्वीकार, प्रचण्डका तीन विकल्प

 

२७ असार,२०७४ / खगेन्द्र खरेल
संविधान संशोधनका लागि सघाउन सत्ता पक्षका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताउनु भयो । उहाले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गर्नु भएको थियो ।

तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताउनु भयो ।

एमालेका शीर्ष नेताहरुले नै यसअघि स्थानीय चुनावपछि छलफल गर्न सकिने बताउँदै आएका थिए । तर, मंगलबारको बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले एमाले झन् कठोर बनेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्प अघि सार्नु भएको बुजिएको छ । एक नेताले बताए अनुसार प्रचण्डको पहिलो विकल्प दलहरुको सहमतिमै संशोधन प्रस्ताव बनाउने र पास गर्नेछ ।

दोस्रो विकल्प अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने, सबैले परीणाम स्वीकार गर्ने, चुनावसम्म तेस्रो संशोधन प्रस्ताव होल्ड गर्ने र राजपालाई चुनावमा ल्याउन आवश्यक अन्य सबै माग पुरा गर्ने उनको प्रस्ताव छ ।

तर, शीर्ष नेताहरुको बैठकमा कुनै सहमति हुन सकेन । र, राजपासँग छलफल गरेर फेरि तीन दलको बैठक बस्ने सहमति भएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनु भयो।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *