Tuesday , 19 September 2017
Home / देश / डा.बाबुरामभट्टराइद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र,बुढीगण्डकी आयोजना निर्माणमा गम्भीर चासो

डा.बाबुरामभट्टराइद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र,बुढीगण्डकी आयोजना निर्माणमा गम्भीर चासो

 

२८ असार,२०७४ / खगेन्द्र खरेल
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुढीगण्डकी जलविद्युत आयोजनामा गम्भीर चासो र चिन्ता ब्यक्त गर्दै निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

नयाँ शक्ति पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको टोलीले प्रधानमन्त्री देउवा समक्ष ज्ञापन पत्र बुझाउँदै गेजुवासँग सम्झौता गर्ने नेपाली अधिकारीलाई कारवाही माग समेत गरिएको छ ।

१ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना पुष्पकमल दाहाल सरकारले चीनको विवादास्पद गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई निर्माण जिम्मा दिने निर्णय गरेको थियो। सरकारको नेतृत्व छोड्ने बेलामा दाहाल सरकारले चिनियाँ कम्पनीलाई आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माण गर्ने जिम्मा बिना प्रतिस्पर्धा सोझै चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो।

नयाँ शक्ति पार्टीले सो चिनियाँ कम्पनीले चमेलियामा १ अर्ब १६ करोड करछली गरेको भन्दै सम्झौता गर्ने व्यक्तिलाई कारवाही माग गरेको छ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुरु गर्न माग गरेको छ। आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋण समेत लिएर नेपालीद्वारा नै निर्माण गर्न माग गरेको छ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *