Tuesday , 19 September 2017
Home / खेलकुद / भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त,बलिङ्गमा जाहिर खान र ब्याटिंगमा राहुल द्रविड

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त,बलिङ्गमा जाहिर खान र ब्याटिंगमा राहुल द्रविड

२८ असार,२०७४ / खगेन्द्र खरेल
भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पूर्व अलराउन्डर रवि शास्त्री नियुक्त भएका छन्। सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका रहने गरी उनी मुख्य प्रशिक्षकमा नियुक्त भएको बिसिसिआईले जनाएको छ। यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा नियुक्त भएका छन्।

बर्तमान प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिए पछि शास्त्रीलाइ नियुक्त गरिएको हो । ५५ वर्षिय शास्त्रीले भारतबाट ८० टेष्ट र १ सय ५० एक दिवसीय खेलेका छन् । उनले टेष्टमा ३ हजार ८ सय ३० रन बनाएका छन् भने १ सय ५१ विकेट लिएका छन्।

यस्तै एक दिवसीयमा ३ हजार १ सय ८ रन बनाउनुका साथै १ सय २९ विकेट लिएका छन् । यसअघि सन् २०१४ देखि १६ सम्म भारतीय टिमका डाइरेक्टरका रुपमा समेत शास्त्रीले काम गरिसकेका छन् । पुर्ब भारतीय क्रिकेटरहरु सौरभ गांगुली,सचिन तेन्दुलकर र भी भी एस लक्ष्मण सम्मिलित तिन सदस्सीय समितिले शास्त्री सहित बलिङ्ग र ब्याटिंगमा प्रशिक्षक छनौट गरेको हो ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *