Tuesday , 19 September 2017
Home / देश / महाअभियोगसम्वन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश

महाअभियोगसम्वन्धी रिट संवैधानिक इजलासमा पठाउन आदेश

२९ असार,२०७४ / खगेन्द्र खरेल
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग सम्वन्धी रिटको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएको हो ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगतै कार्की पुनः काममा फर्कनुभयो ।

कार्कीले उमेर हदका कारण अवकास पाइसक्नु भयो दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् । तर, अदालतमा मुद्दा भने टुंगिएको छैन ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *