Tuesday , 19 September 2017
Home / देश / राजपामा ८ सय १५ सदस्यीय जम्बो केन्द्रीय समिति,एक सय ३४ पदाधिकारी,६ जना प्रवक्ता

राजपामा ८ सय १५ सदस्यीय जम्बो केन्द्रीय समिति,एक सय ३४ पदाधिकारी,६ जना प्रवक्ता

 

२९ असार,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय समिति ८ सय १५ जनाको जम्बो भएको छ। राजपाले बुधबार ८सय १५ जना केन्द्रीय सदस्य र १ सय ३४ जना पदाधिकारी र ६ जना प्रवक्ता सहितको सूची निर्वाचन अायोगमा बुझाएको छ।

पार्टीको अाधिकारिक हस्ताक्षर अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको चल्ने गरी निर्वाचन अायोगलाई बुझाइएको राजपाका महासचिव केशव झाले बताउनुभयो । राजपामा अब तीन/तीन जना वरिष्ठ नेता र सहअध्यक्ष, ८ जना वरिष्ठ उपाध्यक्ष, २४ जना उपाध्यक्ष रहने महासचिव झाले जानकारी दिनुभयो ।

त्यस्तै ३१ जना महासचिव, ३४ जना सहमहासचिव, १२ जना सचिव, ५ जना कोषाध्यक्ष, २ जना सहकोषाध्यक्ष, ६ जना प्रवक्ता र १ जना सहप्रवक्ता रहनेछन्। राजपा गठन हुँदा ६ पार्टीका सबै केन्द्रीय सदस्य र पदाधिकारीलाई राजपामा पनि त्यही हैसियतमा राख्ने सहमति भएको थियो।

गत वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावा पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिक पार्टी मिलेर राजपा गठन भएको थियो।

राजपामा अहिले ६ अध्यक्ष सम्मिलित अध्यक्ष मण्डल बनेको छ।

अध्यक्ष मणडलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव छन्। राजपा गठन हुनुभन्दा पहिला तमलोपामा २०५ जना केन्द्रीय सदस्य थिए जसमध्ये २५ जना पदाधिकारी थिए।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *