Tuesday , 17 October 2017
Home / विदेश / लोकतन्त्र समर्थक नोबेल पुरस्कार विजेता लिउ श्याओबोको चीनको कारागारमा निधन

लोकतन्त्र समर्थक नोबेल पुरस्कार विजेता लिउ श्याओबोको चीनको कारागारमा निधन

२९ असार,२०७४ / खगेन्द्र खरेल
लोकतन्त्र समर्थक नोबेल पुरस्कार विजेता लू श्याओबोको चीनको कारागारमा निधन भएको छ । ६१ बर्षिय श्याबाओ लामो समय देखि क्यान्सरले पिडित थिए । उनि पछिल्लो ११ बर्ष देखि चीनको कारागारमा कैदी जिबन बिताइरहेका थिए ।

अंतरराष्ट्रीय मानवाधिकार संगठनहरुले उनको उचित उपचार गर्न चीन सरकारलाई लगातार दवाब दिदै आएका थिए । तर चीनले आफ्नो देशमा राम्रो उपचार भैरहेको बताउदै आएको थियो । गत महिना उनको स्वाथ्य खराब भए पछि अस्पताल भर्ति गरिएको थियो । बिहिबार उनको निधन भएको हो ।

जर्मनीका शांतिवादी नेता कार्ल वॉन ओसीएत्जकी पछि श्याओबो यस्तो नोबेल पुरस्कार विजेता हुन् जसको मृत्यु कारागार जीवनमै भएको छ ।. जर्मन नोबेल पुरस्कार विजेता कार्ल वॉन ओसीएत्जकीको सन् १९३८ मा नाजी शासनको समयमा कारागारमा रहदा अस्वश्थ्य भए पछि अस्पताल भर्ना भएका थिए जहा उनको मृत्यु भएको थियो । एजेन्सी (श्रीमतीसगको फाइल फोटो )

Check Also

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *