Tuesday , 19 September 2017
Home / देश / सरकारमा जान सहमति भैसकेको राप्रपा नेता राणाको दाबि,संबिधान संसोधनको पक्षमा पार्टी भएको भनाइ

सरकारमा जान सहमति भैसकेको राप्रपा नेता राणाको दाबि,संबिधान संसोधनको पक्षमा पार्टी भएको भनाइ

 

२९ असार,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिनु भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारमा राप्रपाको सहभागीता निश्चित भइसकेको बताउनु भयो । जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिनु भयो।

जबराले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मत हाल्ने समेत स्पष्ट पार्नुभयो । आफ्नो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा भएकोले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने उहाले बताउनु भयो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *