Sunday , 24 September 2017
Home / देश / काठमाडौं महानगरको आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पेश, सिटी केबलकार देखि अण्डरग्राउण्ड पार्किङ्ग सम्म

काठमाडौं महानगरको आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पेश, सिटी केबलकार देखि अण्डरग्राउण्ड पार्किङ्ग सम्म

 

३० असार,२०७४ / खगेन्द्र खरेल
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि सिटी केबलकार अनि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् ।

मेयर शाक्यले पार्किङको समस्या हटाउन महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने घोषणा गर्नुभएको छ । उहाले भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङको निर्माण अघि बढाउने योजना नीति तथा कार्यक्रममै समावेश गर्नु भएको छ ।

महानगरपालिकाले ५० वटा स्मार्ट र ५० वटा ई-ट्वाइलेट महानगरभित्र निर्माण गर्ने भएको छ । आगामी वर्षभित्र बनिसक्ने यस्ता पब्लिक ट्वाइलेटलाई स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिको बनाउने योजना महानगरको छ । विद्युतीय नक्सापासलाई सरल बनाउने विषय पनि कार्यक्रममा समेटिएका छन् ।

काठमाडौंमा साकइकल सञ्जाल विस्तार गर्न रिंगरोडको ग्रीन बेल्ट, पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने भएको छ । त्यसैगरी सबै कदातालाई सहज रुपमा कर तिर्ने वातावरण बनाउन स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टमको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सबै वडामा आगलागी नियन्त्रणका लागि प्रविधिसहितको इकाई स्थापना गर्ने, धुँवाधुलो नियनत्रण गरेर ‘नो मास्क सिटी’का रुपमा काठमाडौंलाई विकास गर्ने विषय पनि यसमा समेटिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *