Tuesday , 19 September 2017
Home / विदेश / देशको विकाशका लागि अबको दशक महत्वपुर्ण भएको कांग्रेस केन्द्रिय सदस्य गगन थापाको भनाइ,विश्व प्रकाश शर्मा भन्नुहुन्छ,देशलाइ समृद्ध बनाउन नकारात्मक सोच बाधक

देशको विकाशका लागि अबको दशक महत्वपुर्ण भएको कांग्रेस केन्द्रिय सदस्य गगन थापाको भनाइ,विश्व प्रकाश शर्मा भन्नुहुन्छ,देशलाइ समृद्ध बनाउन नकारात्मक सोच बाधक

 

३१ असार,२०७४ / खगेन्द्र खरेल
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले देशको विकाशका लागि अबको दशक महत्वपुर्ण भएको बताउनु भएको छ । नेपाली जनसम्पर्क समिति इजरायलले आयोजना गरेको “संबिधान कार्यान्वान र राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको भूमिका”बिषयक अन्तरक्रिया कार्यक्रमलाई इजरायलको तेल अभिवमा सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएको हो ।

जनसम्पर्क समिति इजरायलले आफ्नो पहिलो बार्षिक उत्सब मनाउन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य द्वय गगन थापा र विश्व प्रकाश शर्मा इजरायल आउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशको बर्तमान राजनीतिक नेतृत्वले इतिहासका विभिन्न कालखण्डमा लडेको राजनीतिक लडाईको उच्च मुल्यांकन गर्दै अब आर्थिक विकाशको नेतृत्व युवा पुस्ताले गर्नु पर्ने बताउनु भयो ।

पुर्व स्वाश्थ्य मन्त्रि समेत रहनु भएका थापाले नेपाल भारत र चीनको बिचमा भए पनि देशको स्वाभिमानमा सम्झौता नगरी अबको १० बर्षमा तिब्र आर्थिक बिकाश गर्नु पर्नेमा जोड दिनु भयो । लोकतन्त्रमा सरकार बदलिने कुरा सामान्य भएकोले देश भित्रको बिभिद्तालाई ब्याबस्थापन गर्दै समुन्नत नेपालको निर्माणमा केन्द्रित हुनुको विकल्प नभएको उहाको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रिय सदस्य विश्व प्रकाश शर्माले सकारात्मक सोचले समाज र देशको परिबर्तन तथा बिकाश सम्भब भएको बताउनु भयो ।
देश बिकाश गर्न नकारात्मक सोच बाधक भएको भन्दै उहाले निषेधको राजनीतिको अन्त्य हुनु पर्ने उल्लेख गर्नु भयो । संबिधान गतिशील र परिबर्तनशिल भएकोले समय सापेक्ष सबैको भावना समेट्दै हिमाल पहाड र तराइलाइ जोड्ने गरि संबिधान संसोधन गर्नु पर्ने उहाको भनाइ थियो ।

बिदेशमा बस्ने नेपालीहरुको साझा समस्याहरुका बारेमा बोल्दै उहाले खाडी मुलुकमा श्रमिक जीवन बिताइरहेका नेपाली र युरोप,अमेरिका लगायत इजरायल र कोरियामा कार्यरत नेपालीहरुको समस्या पहिचान गरि तत्काल उचित समाधान खोज्दै विदेश बाट भित्रिएको रेमिट्यान्सलाइ उचित सदुपयोग गर्नु पर्ने बताउनुभयो । अबको दश बर्ष पछि नेपालले कसैसग सहयोग माग्नु नपर्ने अवस्थामा पुग्नु पर्ने लक्ष सहित स्पष्ट योजनाका साथ् अघि बढ्नु पर्ने उहाले उल्लेख गर्नु भयो ।

इजरायल स्थित नेपाली राजदुताबासका माहामहिम राजदुत, विभिन्न संघ सस्थाका प्रतिनिधि तथा ठुलो संख्यामा इजरायलमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता जन सम्पर्क समिति इजरायलका सभापति दिपेन्द्र थापाले गर्नु भएको थियो ।

 

 

 

 

 

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *