Thursday , 19 October 2017
Home / देश / नगर र गाउँपालिकाले सहकार्य गरेर अघि बढ्नु पर्नेमा एमाले अध्यक्ष ओलीको जोड

नगर र गाउँपालिकाले सहकार्य गरेर अघि बढ्नु पर्नेमा एमाले अध्यक्ष ओलीको जोड

३० असार,२०७४ / खगेन्द्र खरेल
नेकपा एमालेका अध्यक्ष के पी ओलीले महानगर, उपमहानगर, नगर र गाउँपालिकाले सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभालाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्ने बताउनुभयो।

उहाले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले लोकतन्त्र, विकास र संमृद्धिको लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तह मध्ये राजधानी महानगर भएकाले काठमाडौं महानगरले सहकार्यको सन्देश दिनुपर्ने भन्दै उहाँले निर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य र कार्मचारीले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *