Tuesday , 19 September 2017
Home / देश / राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलियो,अध्यक्ष थापाको कार्यशैली प्रति राणा रुस्ट,अनिष्टको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलियो,अध्यक्ष थापाको कार्यशैली प्रति राणा रुस्ट,अनिष्टको चेतावनी

 

३० असार,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ ।अध्यक्ष कमल थापाको कार्यशैली प्रति बरिष्ट नेता पशुपति शमशेर राणा रुस्ट बन्नुभएको छ साथै उहाले अनिष्ट हुन सक्ने भन्दै चेतावनी दिनु भएको छ ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेर सुटुक्क निर्वाचन आयोगमा नाम बुझाए पछि वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो । नेता राणाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिइ अप्रत्यासितरुपमा केन्द्रीय समिति विस्तार गरिएको’ भन्दै आपत्ति जनाउनु भएको छ ।

‘अध्यक्ष एक्लैले एकांगीरुपमा मधेस, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वकोसमेत कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति रहेको छ’–राणाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अध्यक्षको मनोगत एकल निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा हुनसक्ने’ उहाको चेतावनी छ । केन्द्रीय समिति बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहै नदिइ केन्द्रीय समिति विस्तार गरिएको घटनाले राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश गएको नेता राणाले उल्लेख गर्नु भएको छ ।

उहाले तत्काल उक्त निर्णय फिर्ता लिएर राप्रपालाई विग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेतसमेत गराउनु भएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *