Monday , 25 September 2017
Home / देश / सन् २०११ को विश्वकप क्रिकेटको फाइनल फिक्स भएको श्रीलंकाका पूर्व क्रिकेट कप्तान रणतुङ्गाको आशंका

सन् २०११ को विश्वकप क्रिकेटको फाइनल फिक्स भएको श्रीलंकाका पूर्व क्रिकेट कप्तान रणतुङ्गाको आशंका

 

३० असार,२०७४ / खगेन्द्र खरेल
सन् २०११ को विश्वकप क्रिकेटको फाइनल फिक्स भएको श्रीलंकाका पूर्व क्रिकेट कप्तान अर्जुना रणतुङ्गाले आशंका गरेका छन् । साथै उनले मुम्बईको वान्खाड़े रंगशालामा खेलिएको उक्त फाइनल खेल र नतिजालाइ जाँचको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

भारत र श्रीलंका बीच खेलिएको उक्त फाइनलमा भारत बिजयी बनेको थियो । रणतुङ्गा आफै उक्त खेलको कमेन्ट्री गरिरहेका थिए । ५३ बर्षिय रणतुङ्गाले फेसबुक पेजमा सिंहली भाषा में एक भिडियो पोस्ट गरेका छन् । भिडियोमा उनले भारतसग श्रीलंकाले ६ विकेटले हार्नु परेकोमा हैरानी जताएका छन् ।

१९९६ को विश्वकप बिजेता टोलीका कप्तान रणतुङ्गाले अहिले सबै खुलाशा नगर्ने तर समय आए पछि सबै खुलाशा गर्ने बताएका छन् । साथै उनले उक्त खेलको जांच गर्नु पर्ने बताएका छन् ।

फाइनलमा पहिले ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिंग गर्दै भारतले सुरुवातमै सचिन र सहवागलाई गुमाए पनि गौतम गम्भिरको ९७ तथा महेन्द्र सिङ्ग धोनीको अविजित ९१ रनको मद्दतमा ४ विकेट गुमाएर लक्ष भेट्टाएर विश्वकप उचालेको थियो ।

रणतुङ्गा अहिले श्रीलंका सरकारमा पेट्रोलियम र नवीकरणीय संसाधन मंत्री रहेका छन् ।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *