Sunday , 24 September 2017
Home / देश / २ सय ४० निर्वाचन क्षेत्र असम्भव,संविधानको भावाना बिपरित, उपप्रधानमन्त्री महरा

२ सय ४० निर्वाचन क्षेत्र असम्भव,संविधानको भावाना बिपरित, उपप्रधानमन्त्री महरा

३१ असार,२०७४ / खगेन्द्र खरेल
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले हालकै २ सय ४० निर्वाचन क्षेत्रलाई कायम राख्न नहुने र सम्भब पनि नभएको बताउनु भएको छ । साथै उहाले २ सय ४० निर्बाचन क्षेत्र संविधानको भावना बिपरित हुने समेत बताउनु भयो ।

सत्तारुढ कांग्रेस-माओवादीकै शिर्ष नेतृत्व २ सय ४० निर्वाचन क्षेत्रलाई कायम राख्ने प्रयासमा रहेको खबरहरु बाहिरिरहेका बेला महराको यस्तो भनाइ आएको हो । उहाले यो बिषय अहिले चर्चामा आएको भएपनि यो औपचारिक नभएको दाबी समेत गर्नुभयो ।

दाङमा शनिबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले यस्तो बताउनु भएको हो । उहाले २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषयमा कांग्रेस माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *