Monday , 25 September 2017
Home / देश / काठमाडौँको खाल्डा १५ दिन भित्र पुर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौँको खाल्डा १५ दिन भित्र पुर्न प्रधानमन्त्रीको कडा निर्देशन

१,श्रावण २०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न कडा निर्देशन दिनुभएको छ । आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायतका सरोकारवाला निकायका मन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।

शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर मृत्यु भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न भन्नु भएको हो ।

उक्त बैठकमा प्रधानमन्त्री देउवा, उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री प्रभु साह, मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, अर्थ सचिव, भौतिक योजना सचिव, उर्जा सचिव, खानेपानी मन्त्रालयका सचिव, नेपाल टेलिकमका कार्यकारी निर्देशक, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतका सरोकारवाला निकायको प्रमुखहरुको उपस्थिति थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *