Monday , 25 September 2017
Home / विदेश / कोरियामा कामदारको तलब १६.४ प्रतिशतले बढ्ने

कोरियामा कामदारको तलब १६.४ प्रतिशतले बढ्ने

१,श्रावण २०७४ / खगेन्द्र खरेल
दक्षिण कोरियामा कामदारको तलब १६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । ज्याला निर्धारण समितिको शनिवार अबेर बसेको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार लाभान्वित हुने छन् ।

कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । तलव वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० वोन अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।

हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समय सीमा भन्दा निकै ढिला गरी शनिवार राती मजदुर र कम्पनी व्यवस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् । आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो ।

गत वर्ष सात प्रतिशतले तलव वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *