Thursday , 19 October 2017
Home / देश / डा. गोविन्द केसीद्वारा साउन ९ गतेदेखि आमरण अनसन बस्ने घोषणा

डा. गोविन्द केसीद्वारा साउन ९ गतेदेखि आमरण अनसन बस्ने घोषणा

 

१,श्रावण २०७४ / खगेन्द्र खरेल
त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले साउन ९ गतेदेखि आमरण अनसन बस्ने घोषणा गर्नु भएको छ । आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै डा. केसीले अनसन बस्ने घोषणा गर्नु भएको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने बताउनु भएको हो । उहाले ८ बुँदे माग अघि सार्नु भएको छ । जसमा माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझाव सहित चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो माग छ ।

यस्तै आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन सम्वन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नु पर्ने र सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नु पर्ने डा. केसीको माग छ ।

चिकित्सा शिक्षा आयोग नबन्दासम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोबु पर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्व विद्यालयमा जस्तै सबै निजी कलेजमा २२ लाख कायम गर्नु पर्ने उहाको अर्को माग छ ।

साथै आईओएममा पदाधिकारी नियुक्त नगरेको, अधिकार खोसेको तथा धेरै शुल्क लिएको भन्दै त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न पनि उहाले माग गर्नु भएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *