Monday , 25 September 2017
Home / देश / प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन

प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन

१,श्रावण २०७४ / खगेन्द्र खरेल
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। गत विहीबार संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधिशका लागि सिफारिस गरेको थियो। सुशीला कार्की प्रधान न्यायाधीशबाट अवकास पाएपछि पराजुलीले कामु प्रधान न्यायाधीशको भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

तनहुँको काहँ शिवपुर–६ मा जन्मेका गोपाल पराजुली अधिवक्ताबाट कानुनी क्षेत्रमा प्रवेश गर्नु भएको थियो । पराजुलीले २०३६ सालदेखि २०४८ असोजसम्म अधिवक्ता बनेर काम गर्नु भएको थियो भने २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश तथा २०७१ मा सर्वोच्चमा न्यायाधीश बन्नु भएको थियो ।

संसदीय सुनुवाइ समितिमा उपस्थित हुदा उहाले प्रद्धति र प्रणालीको पक्षमा अाफू रहेको भन्दै न्यायलय प्रति जनअास्था बढाउन अाफूले काम गर्ने बताउनु भयो । ३९ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उहाले १५ प्रतिशत जनताको मात्र न्यायमा पहुँच रहेको विवरण पेश गर्नु भएको थियो।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *