Monday , 25 September 2017
Home / खेलकुद / आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट,नेपालको विजयी सुरुआत

आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट,नेपालको विजयी सुरुआत

२,श्रावण २०७४ / खगेन्द्र खरेल
आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले सोमबार विजयी सुरुआत लिएको छ । नेपालले सिंगापुरलाई ४ विकेटले हराउदै प्रतियोगितामा शुखद सुरुवात गरेको हो । सिंगापुरले दिएको ७४ रनको लक्ष ६ विकेट गुमाएर भेट्टाउदा नेपाललाई सफलता मिलेको हो ।

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सिंगापुरलाइ सस्तोमै समेट्न नेपालका सन्दिप लामिछानेले ५,शहाब आलमले ३,तथा किसोर महतोले २ विकेट लिए । जवाफी ब्याटिंगमा नेपालको इन्निंग लर्बराएको थियो र जित सम्म पुग्न निकै संघर्ष गर्नु पर्यो । नेपालका लागि प्रनित थापा मगरले २३,अनिल साहले १९ तथा रोहित पौडेलले अभिजित ११ रन बनाएका थिए ।

प्रतियोगिता अनतर्गत अर्को खेलमा अफगानिस्तानले मलेसियालाइ आठ विकेटले हरायो ।

प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा हुनेछ र यसको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आर्यसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा पुगेका हुन् । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोटमा खेल्न दिइएको हो ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *