Tuesday , 19 September 2017
Home / विदेश / भारतमा राष्ट्रपति पदकालागि मतदान हुदै,रामनाथ कोबिन्द र मीरा कुमार प्रतिष्पर्धामा

भारतमा राष्ट्रपति पदकालागि मतदान हुदै,रामनाथ कोबिन्द र मीरा कुमार प्रतिष्पर्धामा

२,श्रावण २०७४ / खगेन्द्र खरेल
छिमेकि मुलुक भारतमा आज राष्ट्रपति पदका लागि मतदान भैरहेको छ । सो पदका लागि दुइ उम्मेदवार मैदानमा छन् । सत्तारुढ गठबन्धन एनडिए बाट बिहारका पूर्व गभर्नर रामनाथ कोबिन्द उम्मेदवार छन् भने बिपक्षी गठबन्धन युपिए बाट पूर्व लोक सभा अध्यक्ष मिरा कुमार प्रतिष्पर्धामा छिन् ।

आजको मतदान सकिए पछि आगामी सोमबार मतगणना हुनेछ । रास्ट्रपति पदका लागि राज्यका बिधायक र दुवै सदनका सांसदले मतदान गर्नेछन । भारतको संबिधान अनुसार धारा ५४ मा रास्ट्रपति निर्वाचन सम्बन्धि ब्यावस्था गरिएको छ ।

भारतीय रास्ट्रपति चुनावमा लोक सभा र राज्य सभाका ७ सय ७६ सांसद अनि राज्यका विधानसभाहरुका ४ हजार एक सय २० बिधायकहरुले मतदान गर्नेछन । यसरि जम्मा ४ हजार ८ सय ९६ मतको योगफल १० लाख ९८ हजार मत हुनेछ । हरेक राज्यका बिधायकको मूल्य फरक फरक हुनेछ ।

आजको निर्वाचनमा सत्तारुढ उम्मेदवार कोबिन्दले जित्ने निश्चित प्राय छ ।

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *