Monday , 25 September 2017
Home / खेलकुद / आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट,नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट,नेपालको लगातार दोस्रो जित

३,श्रावण २०७४ / खगेन्द्र खरेल
आइसीसी यू–१९ विश्वकप छनौट खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाइ पांच विकेटले हरायो । सिंगापुर क्रिकेट क्लबमा टस हारेर ब्याटिङ गरेको मलेसिया, नेपालले शानदार बलिङ र फिल्डिङ गरेपछि २५ ओभर पांच वलमा ५८ रनको झिनो योगफलमा अलआउट भयो ।

मलेसियाको पारीलाइ ध्वस्त बनाउने क्रममा स्पिनर संदिपले आज पनि पांच विकेट लिए । आठ दशमबल पांच ओभर वल फालेका संदिपले एक ओभर मेडन राख्दै केवल १७ रन खर्चिए । हिजो सिगांपुर विरुद्ध पनि उनले पांच विकेट लिएका थिए । यस्तै पवन सराफले तीन विकेट लिदा किशोर महतो र संदिस सुनारले एक एक विकेट लिए ।

नेपाली वलर सामु मलेसियाको ब्याटिङ पुर्ण रुपमा धरासाशी बन्यो । उसका उसका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । मलेसियाको पारीको नौ रन सवैभन्दा उच्च रन हो । मलेसियाले एघार रन अतिरिक्र पाएको थियो । ५९ रनको लक्ष्य नेपालले नौ ओभर पांच ओभरमा पांच विकेट गुमाउदै पुरा ग¥यो । आज पनि नेपालले संतोषजनक ब्याटिङ गर्न सकेन् ।

नेपालले अब विहिबार उपाधी दावेदार अफगानिस्तान संग प्रतिस्पर्धा गर्नेछ । अफगानिस्तानले आज सिंगापुरलाई हराएको छ ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *