Sunday , 24 September 2017
Home / देश / कर फर्छ्योट आयोग ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

कर फर्छ्योट आयोग ऐन खारेज गर्न अर्थ समितिको निर्देशन

३,श्रावण २०७४ / खगेन्द्र खरेल
संसद्को अर्थ समितिले कर फर्छ्योट आयोग ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । ऐन संशोधनका लागि निर्देशन दिने एक महिनाअघिको आफ्नै निर्णय सच्याउँदै समितिले खारेजीकै प्रस्ताव पारित गरेर सरकारलाई निर्देशन दिएको हो ।

पछिल्लो पटक गठित कर फछ्र्योट आयोगले विवादास्पद रूपमा २१ अर्ब रुपैयाँ अनियमित ढंगले छुट दिएको विवरण खुलासा भएपछि अर्थ समितिले बल्ल ऐन खारेज गर्न निर्देशन दिएको हो । ‘कर फछ्र्योट आयोग ऐन २०३३ तत्काल खारेज गर्ने तथा उक्त ऐन खारेजी प्रक्रिया अघि बढाउन र सोको जानकारी अर्थ समितिलाई दिन नेपाल सरकारलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ ।

समितिको आइतबारको बैठकले ऐन संशोधन नहुन्जेल अन्य आयोग गठन नगर्नसमेत सरकारलाई निर्देशन दिएको थियो । समितिले राजस्व छली र कर असुलीमा भएका अनियमितता अध्ययन गर्न ९ सदस्यीय उपसमिति पनि गठन गरेको छ । उपसमितिमा गौरा प्रसाईं, जगदीश्वरनरसिंह केसी, दीपकप्रसाद कुइँकेल, रत्न शेरचन, ल्यारक्याल लामा, शक्ति बस्नेत, शेरबहादुर तामाङ, सुरेन्द्र पाण्डे र श्रीकान्त पासी छन् ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *