Tuesday , 19 September 2017
Home / विदेश / भारतको काश्मीरमा सैनिकको गोलीबाट मेजरको हत्या

भारतको काश्मीरमा सैनिकको गोलीबाट मेजरको हत्या

३,श्रावण २०७४ / खगेन्द्र खरेल
भारत प्रसाशित जम्मु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । कश्मिरको बर्मुल्ला जिल्ला प्रहरीले घटनाको पुष्टि गरेको छ।

सम्वेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग नगर्न मेजरले आदेश दिएपछि जवानले प्रतिवाद गरेका थिए। मेजरले ठेलेपछि जवानले प्रतिवादमा गोली चलाएका हुन्। पाकिस्तानसँगको सीमामा नेपाली नागरिक भर्ती हुने गोर्खा राइफल्स परिचालत छ। मृत्यु हुने थापा भारतीय नागरिक हुन् वा नेपाली हुन् खुल्न सकेको छैन। (एजेन्सी)

 

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *