Monday , 25 September 2017
Home / देश / स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने निर्णय, समय थप

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने निर्णय, समय थप

३,श्रावण २०७४ / खगेन्द्र खरेल
निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ । यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ ।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने निर्णय गरेको हो । साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय (सदरमुकाम) मै जानुपर्ने भएपछि व्यवहारिक नभएको गुनासो आएको थियो । प्रमुख राजनीतिक दलहरुले पनि स्थानीय तहको केन्द्रबाटै नामावली संकलन गर्न माग गरेका थिए ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *