Monday , 25 September 2017
Home / देश / पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो,स्वास्थ्य सामान्य

पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो,स्वास्थ्य सामान्य

४,श्रावण २०७४ / खगेन्द्र खरेल
मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ । मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो।

धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ । अस्पतालका अनुसार पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न छ । टोलीमा डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठ छन् ।

नियमित स्वास्थ्य जााचको लागि अस्पताल पुगेका शाहलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएका थिए ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *