Tuesday , 17 October 2017
Home / देश / बैद्य, विप्लव र बाबुरामसँग मिल्न निर्वाचन मार्फत जनताले संदेश दिएको प्रचण्डको भनाइ

बैद्य, विप्लव र बाबुरामसँग मिल्न निर्वाचन मार्फत जनताले संदेश दिएको प्रचण्डको भनाइ

४,श्रावण २०७४ / खगेन्द्र खरेल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताउनु भएको छ । ललितपुरको थासीखेलमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तह चुनावमा माओवादी केन्द्रले अपेक्षित नतिजा ल्याउन नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने समेत बताउनु भयो ।

स्थानीय तहको चुनावको नतिजा अनुसार जनताले नै माओवादीहरु बैद्य, विप्लव र बाबुरामसँग मिल्नुको विकल्प नभएको सन्देश दिएको भन्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

देश माओवादीकै एजेण्डामा चलिरहेको भन्दै प्रचण्डले संगठन बनाउन नसक्नु र जनतालाई बुझाउन नसक्नुको कारण्को समिक्षा गरे मात्रै पार्टी बन्ने बताउनु भएको थियो। संगठन बिनाको माओवादीको औचित्य नहुनेमा जोड दिँदै अध्यक्ष प्रचण्डले संगठन बिना चुनाव नजितिने स्पष्ट पार्नु भयो।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *