Monday , 25 September 2017
Home / देश / सरकार र राजपा बीच बार्ता,मुद्दा फिर्ता लगायतका माग तीन दिनमा पूरा गर्ने आश्वासन

सरकार र राजपा बीच बार्ता,मुद्दा फिर्ता लगायतका माग तीन दिनमा पूरा गर्ने आश्वासन

 

४,श्रावण २०७४ / खगेन्द्र खरेल
सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने आश्वासन दिएको छ। त्यस लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग बुधबार विहान भएको छलफलमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरेका गरेका थिए।

जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता, घाइतेको उपचार खर्च र शहीद घोषणा लगायतका विषय ३ दिनभित्र गर्ने बचन दिएको बुजिएको छ । संविधान संशोधन प्रक्रिया पनि अघि बढाइने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत छन् । त्यस्तै, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेता सहभागी थिए।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *