Sunday , 22 October 2017
Home / देश / हुलाकी राजमार्ग अन्तरगतका सडक बनाउन भारतले दियो झण्डै २४ करोड

हुलाकी राजमार्ग अन्तरगतका सडक बनाउन भारतले दियो झण्डै २४ करोड

 

४,श्रावण २०७४ / खगेन्द्र खरेल
भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई झण्डै २४ करोड रुपैयाँ दिएको छ । उसले सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँको चेक हस्तान्तरण गरे । यो नेपाली रुपैयाँ २३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ हुन्छ ।

नेपाल र भारत सरकारबीच हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको आर्थिक सहायतामा बनाउन लागिएको १० वटा सडक मध्ये ९ वटाको ठेक्का दिने काम सम्पन्न भएको र बाँकी १ वटाको पनि ठेक्का दिने प्रक्रिया सुरु भइसकेको स्पष्ट पारेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *