Thursday , 19 October 2017
Home / देश / ३३ अर्ब भ्रष्टाचारको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

३३ अर्ब भ्रष्टाचारको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

 

४,श्रावण २०७४ / खगेन्द्र खरेल
सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको विशेष अदालतमा रहेको मुद्दा यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको छ।

न्यायाधीशद्वय चोलेन्द्रसम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले कानुनी अस्पष्टता भएको भन्दै पूर्ण इजलासमा पठाउँदै विशेष अदालतमा दायर मुद्दा अघि नबढाउन बुधबार आदेश दिएको हो।

शर्माकी पत्नी कल्पना उप्रेतिले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाइ असार २७ मा सर्वोच्चमा निवेदन दिएकी थिइन्। सर्वोच्चले अख्तियारको क्षेत्राधिकारमा समेत प्रश्न उठाएको छ। अख्तियारलाई कर फछ्र्यौट आयोगको काम हेर्ने अधिकार छ छैन भन्ने कानुनी प्रश्न उठाएको छ।

अख्तियारले शर्मालाई ३ अर्ब रुपियाँ बढी धरौटी मागेको थियो। अख्तियारले जेठ १९ मा नियन्त्रणमा लिई बयानका लागि विशेषमा १० अर्ब २ करोड १९ लाख बढी माग दाबी सहित साउन १ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभिन्न कम्पनीको कर निर्धारणमा भ्रष्टाचार गरेको उजुरीका आधारमा छानबिनका लागि शर्मालाई पक्राउ गरिएको थियो।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *