Monday , 25 September 2017
Home / Uncategorized / कांग्रेसको केन्द्रीय समिति बैठक असार ७ गते बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक असार ७ गते बस्दै

५,श्रावण २०७४ / खगेन्द्र खरेल
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ । यसअघि असार ९ गते बस्ने भनिएको बैठक २ दिन अघि सारेर असार ७ गतेलाई निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक ७ गते बिहान ८ बजेलाई निर्धारण गरिएको जानकारी दिनुभयो । समसामयीक राजनीतिक परिस्थितिमा छलफल गरेर छिटो निर्णयमा पुग्नुपर्ने भएकाले बैठक २ दिन अघि सारिएको पौडेलले बताउनुभयो ।

केन्द्रीय समितिको बैठकमा सरकार सञ्चालन र आगामी चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *