Thursday , 19 October 2017
Home / Uncategorized / काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, १० जना घाइते

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, १० जना घाइते

५,श्रावण २०७४ / खगेन्द्र खरेल
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा आज बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना. ६ ख २२९३ बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *