Sunday , 24 September 2017
Home / देश / बहुप्रतिक्षित निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिन म्याद

बहुप्रतिक्षित निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, २१ दिन म्याद

५,श्रावण २०७४ / खगेन्द्र खरेल
सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको नेतृत्वमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आयोग गठन गरेको हो । आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भने सदस्य सचिव योगेन्द्र शर्मा पौडेल छन् ।

आयोगलाइ २१ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको सरकार प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। निर्वाचन सम्पन्न गर्न संवैधानिक व्यवस्था अनुसार यो आयोग गठन भएको छ । यसले २१ दिनभित्र प्रतिवेदन बुझाउने समय पाएको मन्त्रि कार्कीले बताउनु भयो।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *