Tuesday , 19 September 2017
Home / Uncategorized / यू-१९ विश्वकप छनोटः अफगानिस्तान सग नेपालको लज्जास्पद हार,नेपाली क्रिकेट इतिहासकै सानो स्कोर

यू-१९ विश्वकप छनोटः अफगानिस्तान सग नेपालको लज्जास्पद हार,नेपाली क्रिकेट इतिहासकै सानो स्कोर

५,श्रावण २०७४ / खगेन्द्र खरेल
नेपाल अन्डर नाइन्टिन क्रिकेटको इतिहासमा सबै भन्दा न्युन स्कोरमा समेटिदै आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत अफगानिस्तानसंग एक सय ४१ रनको भारी अन्तरले पराजित भएको छ।

एक सय ९१ रनको लक्ष पाएको नेपालको पुरै टिम मात्र २६ ओभर खेलेर ४९ रनमा समेटिएको हो । प्रतियोगिताको बलिङ्गमा उत्कृष्ट प्रदर्सन गरेको नेपालले आज पनि अफगान टोलीलाई ठुलो स्कोर बनाउन बाट रोकेको थियो ।

नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आशिफ शेखले ६ रन बनाउँदा आदिल खान र दिपेन्द्र सिंह ऐरीको नाममा ४-४ रन रहृयो । सन्दिप सुनार, र किशोर महतो (नटआउट)ले २-२ रन बनाउँदा शाहेब आलमले १ रन आफ्नो नाममा लेखे । चार ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । अफगानिस्तानका नभिन उलहक र मुजीबले समान ४-४ विकेट हात पारे ।

यस अघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ ओभर चार बलमा एक सय ९० रनमा अलआउट भयो । उसका लागि ओपनर इव्राहिम जर्दान र नाबिद ओबैदले क्रमस ४३ र ३३ रन बनाए । नेपालका सर्राफ आलमले तिन तथा सन्दिप लामिछाने र पवन सर्राफले दुइ दुइ विकेट लिए ।

अफगानिस्तानसँगको पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ । दुई चरणमा हुने छनौटको पहिलो चरणका खेलहरु सकिँदा अपराजित अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकपमा छनोट हुनका लागि नेपालले बाँकी तीनै खेल जितेर मात्र पुग्दैन, अफगानिस्तानको नतिजामा पनि निर्भर हुनुपर्छ । समूहको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउँछ ।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *