Thursday , 19 October 2017
Home / खेलकुद / यू-१९ विश्व कप छनौट क्रिकेट:नेपालको तेस्रो जित,सिंगापुर पराजित

यू-१९ विश्व कप छनौट क्रिकेट:नेपालको तेस्रो जित,सिंगापुर पराजित

 

६,साउन २०७४ / खगेन्द्र खरेल
आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरयो । एक सय ६९ रनको लक्ष पाएको सिंगापुर ४६ ओभर पाच बलमा एक सय ४६ रनमा अलआउट भए पछि नेपालको जित सम्भव भएको हो ।

सिंगापुरले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । तर लगातार विकेट गुमाउदै गएपछि सिंगापुरले हार टार्न सकेन । सिंगापुरलाई कम स्कोरमा रोक्न सन्दिप लामीछानेले चार तथा पवन सराफ र किशोर महतोले दुई दुई विकेट लिए ।

यस अघि पहिले ब्याटिंग गरेको नेपाल ४६ ओभर पाच बलमा एक सय ६८ रन बनाएर अलआउट भएको थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतक प्रहार गरे । जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी हुन । उनले ब्यक्तिगत ५४ रन बनाए । सन्दिप सुनारले २६ तथा पुछारमा आएका प्रकाश केसीले २३ रनको योगदान गरे । बलिङ तर्फ सिंगापुरका विक्रम विर विश्वरोयले तीन विकेट लिए ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *