Monday , 25 September 2017
Home / Uncategorized / राप्रपाले सरकारमा सहभागिता र संविधान संशोधनबारे निर्णय गर्न सकेन,धार्मिक संगठन बनाउने

राप्रपाले सरकारमा सहभागिता र संविधान संशोधनबारे निर्णय गर्न सकेन,धार्मिक संगठन बनाउने

६,साउन २०७४ / खगेन्द्र खरेल
राप्रपाको केन्द्रिय समिति बैठक सरकारमा पार्टीको सहभागिता र संविधान संशोधनबारे निर्णय नगरी सकिएको छ । तर, तीन दिनसम्म चलेको बैठकले यसबारे निर्णय लिन सकेन र कार्यसम्पादन समितिलाई जिम्मा लगाएको छ ।

राप्रपाले मुलुकमा विखण्डनकारी शक्ति सक्रिय भएको भन्दै चिन्ता व्यक्त गरेको छ । बैठकले विखण्डनकारी शक्तिलाई निस्तेज तुल्याउन र राष्ट्रिय अखण्डता बलियो बनाउन दलहरुलाई आहृवान गरेको छ ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले धार्मिक संगठन बनाउने भएको छ । शुक्रबार सकिएको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाल धर्म तथा संस्कृति परिषद्’ गठन गर्ने निर्णय गरेको हो । परिषद्को संरचनाबारे कुनै ठोस निर्णय भइसकेको छैन तर महिला र युवामा केन्द्रीत् रहने परिषदको संरचना ७४४ स्थानीय तहसम्मै हुने एक नेताले बताएका छन् ।

साथै राप्रपाले नेपाली रुपैयाँको नोटमा पृथ्वी नारायण शाहको तस्वीर अंकित गर्न र ६० वर्षदेखि बृद्धभक्ता दिन पनि माग गरेको छ ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *