Tuesday , 17 October 2017
Home / देश / विभिन्न कार्यक्रम सहित विपी स्मृति दिवस मनाइँदै

विभिन्न कार्यक्रम सहित विपी स्मृति दिवस मनाइँदै

६,साउन २०७४ / खगेन्द्र खरेल
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनु भएको थियो । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्थ गरेपछि उहाले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उहा विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो ।

यसै बीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । शुक्रबार राजधानीमा विपी कोइरालाको ३५ औं स्मृति दिवस तथा प्रजातान्त्रिक विचार समाजको साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीले बेहोरेको हारको क्षति आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनबाट पूर्ति गर्न एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो।

 

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *