Monday , 25 September 2017
Home / देश / प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता बाँस्तोलाको स्वास्थ्य अवश्था बारे जानकारी

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता बाँस्तोलाको स्वास्थ्य अवश्था बारे जानकारी

 

८,साउन,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । देउवा शनिबार साँझ बाँसबारी स्थित न्यूरो अस्पताल गएर बाँस्तोलाको बारेमा जानकारी लिनु भएको हो । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उहाँलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले बाँस्तोलाको अवस्थाबारे परिवारका सदस्यसँग जानकारी लिँदै उहाँको उपचारमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

शनिबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशाङ्क कोइरालालगायत नेता पनि बाँस्तोलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो । उपचारमा संलग्न चिकित्सक न्यूरो सर्जन डा प्रत्यूष श्रेष्ठले उहाँलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिनुभयो ।

शनिबार उहाँको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्वनडाइक्साइडको मात्रा राम्रो देखिएको भएपछि अझै केही दिन उहाँलाई सघन कक्षमा नै राखी निगरानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्काघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा हुनुहुन्छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *