Tuesday , 17 October 2017
Home / विदेश / भारतमा रास्ट्रपति प्रणब मुखर्जीको बिदाइ,नयाँ राष्ट्रपतिले पर्सि सफथ लिने

भारतमा रास्ट्रपति प्रणब मुखर्जीको बिदाइ,नयाँ राष्ट्रपतिले पर्सि सफथ लिने

८,साउन,२०७४ / खगेन्द्र खरेल
भारतका बर्तमान राष्ट्रपति प्रणब मुखर्जीको बिदाइ कार्यक्रम सम्प्पन्न भएको छ । संसद्को सेन्ट्रल हलमा सम्प्पन्न उक्त कार्यक्रममा मुखर्जीले सम्बोधनका क्रममा भारतीय संसदीय इतिहासको सम्झना गर्दै पछिल्ला बर्षहरुमा संसदीय कारवाहीमा गतिरोध उत्पन्न भैरहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएको छ ।

उहाले संसदलाई सम्झदै लोकतन्त्रको यसै मन्दिरमा आफ्नो रचना भएको बताउनु भयो । ससदका दुवै सदनका सदस्यलाई धन्यबाद दिदै आफ्नो ३७ बर्षे लामो संसदीय राजनीति १३औ राष्ट्रपति निर्वाचित भए पछि सकिएको बताउनु भयो । सन् २०१२ मा उहा भारतका १३औ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

३४ बर्षको उमेरमा पहिलो पटक संसद बन्नुभएको उहा पांच पटक राज्य सभा र दुइ पटक लोक सभाको सदस्य बन्नु भयो । संबिधान देशको गरिमा भएकोले यो एक अरब भन्दा बढी भारतीयको आत्मा भएको उल्लेख गर्नु भयो ।

नव निर्वाचित राष्ट्रपति रामनाथ कोबिन्दले पर्सि सफथ ग्रहण गर्नु हुनेछ ।

Check Also

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *