Sunday , 24 September 2017
Home / देश / माओवादी केन्द्रको केन्द्रीय समिति विघटन,चुस्त बनाइने

माओवादी केन्द्रको केन्द्रीय समिति विघटन,चुस्त बनाइने

८,साउन,२०७४
नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ । अब माओवादीले दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने भएको छ ।

रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो । महाधिवेशन आयोजक समितिका सदस्यहरु सबै केन्द्रीय सदस्य बन्ने भएकाले माओवादी केन्द्र विश्वकै सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको भन्दै कार्यकर्तातहबाटै व्यापक आलोचना भएको थियो ।

अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय बनाउने तयारी माओवादीले थालेको छ । यसअघि वर्षमान पुन अनन्त नेतृत्वको एक समितिले पनि केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सुझाव दिएको थियो ।

एक हप्तासम्म चलेको केन्द्र्रीय सचिवालयको बिस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे माओवादी केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नै निर्णयहरु सार्वजनिक गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *